मन्त्री परिवर्तनबारे भीम रावलको टिप्पणी : दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि घातक

रावलले अमुक व्यक्तिहरूलाई पालैपालो ६ महीने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्नु गलत भएको बताए।

नेपालभ्युज

मन्त्री परिवर्तनबारे भीम रावलको टिप्पणी : दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि घातक

धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले नेकपा (एकीकृत समाजवादी)को मन्त्री परिवर्तन गर्ने निर्णयको विारेधमा उत्रिएका छन्।

नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत अमुक व्यक्तिहरूलाई पालैपालो ६ महीने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्नु गलत भएको बताए। उनले नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक भएको टिप्पणी गरेका हुन् ।

‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महीने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो,’ रावलले लेखेका छन्, ‘देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved