इन्डियन प्रिमियर लिग- अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी

नेपालभ्युज

इन्डियन प्रिमियर लिग- अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा पञ्जाव किंग्सले जितेको छ। आइतबार राति सम्पन्न खेलमा पन्जाबले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो। हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो। पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित रहँदै सर्वाधिक ४९ रन जोडे। उनले २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

यता, शिखर धवनले ३२ बलमा २ चौका र २ छक्कासहित ३९ रन जोडे। जोनी बेयर्स्टोले २३ रन बनाए।

हैदरावादका फाजल्हक फारुकीले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।

हैदरावादका अविशेक शर्माले सर्वाधिक ४३ रन जोडे। उनले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

रोमारियो सेफडले अविजित १५ बलमा २ चौक्का र २ छक्कासहित २६ रन बनाए। यता, वासिङ्गटन सुन्दरले २५ रन जोडे।

पन्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३\३ विकेट लिए। जितसँगै छैटौं स्थानमा रहेको पन्जाबले १४ खेलमा १४ अंक जोड्यो।
हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved