उपमेयरको विजय भोज खान गएका व्यक्ति मृत फेला

नेपालभ्युज

उपमेयरको विजय भोज खान गएका व्यक्ति मृत फेला
फाइल फोटो

सुर्खेत। कालीकोटको रास्कोट नगरपालिकामा विजयी उम्मेदवारको भोज खान गएका एक जना मृत फेला परेका छन्। रास्कोट नगरपालिका– ८ का ४४ वर्षीय प्रेम दर्जी शनिबार मृत भेटिएका छन्।

स्थानीय निर्वाचनमा नगरपालिकाको उपप्रमुखमा विजयी भएका मनिराज बरालको घर रास्कोट नगरपालिका–८ पाटेडीलमा शुक्रबार बिहान भोज खान गएका दर्जी शनिबार मृत फेला परेका हुन्।

मृतक दर्जी दिनभर विजयी भोजमा रमाएको बताइएको छ। तर साँझमा आफ्नो घर नफर्केपछि उनको खोजी कार्य भएको थियो। शनिबार साँझ ६ बजे पाटेडीलको पानिगौंडाको छेडा कुलामा दर्जीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

रास्कोट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टोलीले मुचुल्का उठाएर शवको पोष्टमाटमको तयारी गरिरहेको प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

मृतक दर्जीका श्रीमती बाटुल्ली दर्जीले राति ६ गते राति १० बजेसम्म सम्पर्कमा भए पनि १२ बजेपछि श्रीमान सम्पर्कविहीन भएको बताएकी छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved