मोरङमा १३ वडाध्यक्षसहित ६५ जना जनप्रनिनिधि निर्वाचित, कुन दलका कति ?

जिल्लास्थित १७ ओटै पालिकाहरुको मतगणना जारी छ। पालिका प्रमुख र उपप्रमुखको फाइनल नतिजा आउन थप केही समय लाग्ने बताइएको छ।

मोरङमा १३ वडाध्यक्षसहित ६५ जना जनप्रनिनिधि निर्वाचित, कुन दलका कति ?

विराटनगर। स्थानीय निर्वाचन २०७९ अन्तर्गत प्रदेश नंं. १ को मोरङमा अहिलेसम्म १३ वडाध्यक्षसहित ६५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

स्थानीय तहको जनप्रतिनिधि चयन गर्न गत शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरी मोरङमा १३ वडाध्यक्षसहित ६५ जना निर्वाचित भएका हुन्।

वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कांग्रेसका ७ जना निर्वाचित भएका छन्। कांग्रेसबाट कानेपोखरी–१ मा १ हजार १०८ मतसहित रत्नबहादुर कार्की, जहदा–७ मा ९६९ मतसहित भगवान मरण्डी, मिक्लाजुङ–१ मा ९२१ मतसहित पर्वत राई, वडा नं. २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी–१ मा १२११ मतसहित वीरबहादुर राई, सुनवर्षी–२ मा १०९६ मतसहित विनोद कुमार राजवंशी र लेटाङ–९ मा नन्दप्रसाद खतिवडा निर्वाचित भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतकोे कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नेकपा एमालेबाट ५ र नेकपा माओवादी केन्द्रबाट १ जना वडाध्यक्षमा निर्वाचित भएका छन्।

एमालेबाट कटहरी गाउँपालिका–१ मा छरिनारायण राजवंशी, कानेपोखरी गाउँपालिका–७ मा मोहनप्रसाद अधिकारी, केराबारी गाउँपालिका–१ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका–७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका–१ मा विष्णु मगर निर्वाचित भएका छन्।

यस्तै, माओवादी केन्द्रबाट मोरङको धनपालथान गाउँपालिका वडा नं. १ मा ५८२ मतसहित खाजा हुसैन मियाँ निर्वाचित भएका छन्। यसबाहेक मोरङको विभिन्न स्थानीय तहमा वडासदस्य पदमा ४८ जना निर्वाचित भएका छन्।

जिल्लास्थित १७ ओटै पालिकाहरुको मतगणना जारी छ। पालिका प्रमुख र उपप्रमुखको फाइनल नतिजा आउन थप केही समय लाग्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved