प्रेम बिहे गरेको जोडीको शव एउटै डोरीमा झुण्डेको अवस्थामा फेला

उक्त जोडी २६ चैतमा प्रेम विवाह गरेर कैलाली आएको थियो। २६ चैतमा आफन्तकोमा बसेका उनीहरू २७ चैतदेखि बेपत्ता थिए। सोही दिन उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रेम बिहे गरेको जोडीको शव एउटै डोरीमा झुण्डेको अवस्थामा फेला

धनगढी। कैलालीमा रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ। घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासोमा जोडीको शव फेला परेको हो।

शव बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंहको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार उक्त जोडी २६ चैतमा प्रेम विवाह गरेर कैलाली आएको थियो।

२६ चैतमा आफन्तकोमा बसेका उनीहरू २७ चैतदेखि बेपत्ता थिए।

आइतबार बिहान जंगलमा गोठालाहरूले डोरीमा झुण्डिरहेका दुई शव देखेपछि स्थानीयलाई खबर गरेका थिए। सडेको अवस्थामा फेला परेका शव उक्त जोडीको भएको प्रमाणित भएपछि प्रहरीले स्थानीयको रोहबरमा मुचुल्का उठाइ आफन्तको जिम्मा लगाएको छ।

उनीहरूले २७ चैतमै आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको डीएसपी जोशीले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved