सबैलाई आयो तर मजदूरलाई आएन मजदूर दिवस (फोटो फिचर)

तस्वीरमा हेर्नुहोस् मजदूर दिवसबाट बेखबर मजदूरहरू

सबैलाई आयो तर मजदूरलाई आएन मजदूर दिवस  (फोटो फिचर)

काठमाडौं। आज १ मे, मजदूर आन्दोलनको उत्सवको रूपमा ८० भन्दा बढी देशमा आज अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइँदैछ। १९ औँ शताब्दिमा यूरोपका उद्योगीले दैनिक १५ घण्टाभन्दा बढी श्रम शोषण गर्ने कहालीलाग्दो परिवेशको विरुद्ध १ मे १८८६ मा त्यहाँ मजदूरहरूले गरेको आन्दोलनको सम्झनामा हरेक वर्ष मजदूर दिवस मनाइँदै आएको छ।

शिकागोमा आन्दोलनका क्रममा मजदूरमाथि गोली चलाइयो, प्रदर्शनकारीले पड्काएको बमले ४ प्रहरीसहित सात प्रहरीको मृत्यु भयो। त्यसपश्चात् ८ जना निर्दोष मजदूरलाई उक्त घटनाको दोषी मान्दै त्यहाँको सरकारले फाँसी दियो। उक्त आन्दोलनको सम्झनामा त्यसको ३ वर्षपछि सन् १८८९ देखि मजदूर दिवस मनाइँदै आएको छ।

समानता, उपयुक्त श्रमज्याला, उचित बिदा सुविधा, ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनलगायतको मागसहित भएको उक्त ऐतिहासिक आन्दोलनको एक ३६ वर्ष बित्दा र मजदूरहरू दिवस मनाउन थालिएको नै एक सय ३३ वर्ष बित्दा पनि मजदूरहरूको अवस्था ज्यूँका त्यूँ छ।

आज नेपालसहित विश्वभर एक सय ३३औँ मजदूर दिवस मनाइँदै छ। तर आजको दिन पनि मजदूरहरूले आराम गर्ने समय पाएका छैनन्।

तस्वीरमा हेर्नुहोस् मजदूर दिवसबाट बेखबर मजदूरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved