सुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरु)

सुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरु)

काठमाडौं। काठमाडौंमा चैत्र शुल्क अष्टमीदेखि चैत्र शुल्क द्वादशी सम्म पाँच दिन मनाइने सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारबाट सुरु भएको छ ।

आर्यवलोकितेश्वरको नामबाट समेत चिनिने सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म खतमा राखेर ल्याइन्छ। यसरी ल्याइएको मत्स्येन्द्रनाथको मूर्तिलाई तीनधारामा अवस्थित रथमा विधिपूर्वक विराजमान गराइसकेपछि औपचारिक रूपमा रथयात्रा सुरु गरिएको हो।

आज सेतो मत्स्येन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याए पछि पहिलो दिनको रथयात्रा समापन हुन्छ।

गुर्ज्युको पल्टनले बढाँई गरेसंगै रथयात्रा शुरु भएको थियो। यात्रामा काठमाडौ महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोलको समेत उपस्थिति थियो।

चैत्र शुल्क द्वादशी सम्म चल्ने यस जात्रामा, जात्रा अवधिभर सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखी काठमाडौंको भित्री सहरको विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।

परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठानी जनबहालमा स्थापना गरिएको किम्बदन्ती रहेको छ ।  सोही परम्परा अनुसार हाल पनि मूर्ति फेला परेकै स्थान तीनधारा जमल मै रथ बनाउने गरिन्छ।

काठमाडौँ मछिन्द्रबहाल र काभ्रे नालाको सेतो अनि ललितपुर बुङमती/पाटन र चोभारको रातोसहित चार वटा मत्स्येन्द्रनाथ छन्। सेतो मत्स्येन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यवलोकितेश्वरका रूपमा पुज्दै आएका छन्।

तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved