काठमाडौंको बाइसधारामा आज भव्य मेला, स्नान गर्नेको घुइँचो

नेपालभ्युज

काठमाडौंको बाइसधारामा आज भव्य मेला, स्नान गर्नेको घुइँचो

काठमाडौं । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ ।

बाइसधारामा स्नान गरेमा मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए भने पछि राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ धारा पु¥याएका हुन् ।

चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास पनि रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved