महावीर जयन्ती हर्षोल्लासपूर्वक मनाइँदै

नेपालभ्युज

महावीर जयन्ती हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज २६२३ औं महावीर जयन्ती । नेपालसहित विश्वभरका जैन धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक जयन्ती मनाउँदैछन् ।

हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीको दिन महावीर जयन्ती मनाउने गरिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

नेपालसहित विश्वभर छरिएर रहेका जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक जयन्ती मनाउँदै आएकाछन् ।

यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।

यसैबीच महावीर जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण जैन धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् ।

उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले महावीरले देखाएको अहिंसा, संयम र जनकल्याणको मार्गदर्शन परिपालन गर्न आग्रह पनि गरेका छन् ।

साथै राष्ट्रपति पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने पनि उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved