तस्वीरमा नेपालको पहिलो चिया बगान

तस्वीरमा नेपालको पहिलो चिया बगान

इलाम। विसं १९२० मा तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाद्वारा चिया खेती प्रारम्भ गरिएको इलाम चिया कमान, नेपालकै पहिलो चिया बगान हो।

विक्रम संवत् १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्ग‌बहादुर राणाले चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप प्राप्त गरि नेपाल ल्याएका थिए।

उनले उक्त बीउ तत्कालीन बडाहाकिम तथा आफ्ना ज्वाइँ गजराज सिंह थापालाई दिएपछी विसं १९२० मा इलाम चिया कमान स्थापना भएको इतिहासमा पाइन्छ।

अहिले इलाम नगरपालिका ७ मा रहेको यस बगान अन्तरगतको चिया प्रशोधन कारखाना विसं १९३५ मा निर्माण भई सञ्चालनमा आएको थियो।

तथ्यांकअनुसार हाल इलामका १२ हजार घरधुरी चिया खेतीमा संलग्न छन्। जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ।

इलाम जिल्लामा उत्पादन हुने चियामध्ये ९० प्रतिशतभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved