माधव नेपालको आरोप : यति ग्रुपसँग मिलेर केपी ओलीले भ्रष्टाचार गरे

उनले आफूले जनताको सेवा गरे पनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए। अध्यक्ष नेपालले आफूलाई इमानदारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए।

नेपालभ्युज

माधव नेपालको आरोप : यति ग्रुपसँग मिलेर केपी ओलीले भ्रष्टाचार गरे

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्।

बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए।

उनले आफूले जनताको सेवा गरे पनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए। अध्यक्ष नेपालले आफूलाई इमानदारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए।

अध्यक्ष नेपालले भने, “केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे। के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे। ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे। लुट्ने चुस्ने काम केपी ओलीले गरे। देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं। दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं। हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ। उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए। गफमा उनी अगाडि छन्। काममा हामी अगाडि छौँ। गफाडी नम्बर १ उनी काममा अत्यन्त फास्ट हामी। हामी इमानदारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे।”

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए। सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved