माओवादी र समाजवादीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छुः दुर्गा प्रसाई

नेपालभ्युज

माओवादी र समाजवादीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छुः दुर्गा प्रसाई

काठमाडौं । आगामी निर्वाचनमा नेकपा (माओवादी) र नेकपा एकीकृत समाजवादीले एक सिट पनि जिते आफू संन्यास लिएर वृन्दावन जाने नेकपा (एमाले) निकट व्यवसायी दुर्गा प्रसाईंले बताएका छन्।

भक्तपुरको सूर्यविनायकमा आज आफैंले सञ्चालन गरेको २ अर्ब बढी लागतको तरकारी बजारको उद्घाटन क्रममा उनले दलहरूलाई एमालेविरुद्ध एक्लाएक्लै चुनाव लडेर देखाउन चुनौती दिए। उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए। उनले भने, “माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर संन्यास ग्रहण गरेर वृन्दावन जाने छु।

१० वर्ष जनयुद्धका कारण अहिले भयावह स्थति सिर्जना भएको पनि उनले बताए। कागजमा लेखेर ल्याइएको भाषण पढेका उनले निकै समय विरोधीको आलोचनामा समय खर्चिएका थिए। साथै उनले आफ्नो भनाइ प्रमाण बनाउन पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved