जनताको आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व : मुख्यमन्त्री राउत

नेपालभ्युज

जनताको आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहना र इच्छाको परिपूर्ति गर्नसकेमात्रै प्रजातन्त्र दिवस मनाउनुको सार्थक हुनसक्ने बताएका छन्। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाम आज आयोजित झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अहिलेको सङ्घीयताले जनतालाई थप अधिकारसम्पन्न बनाएको बताए।

उनले जनताको इच्छा तथा आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व भएको बताए। मुख्यमन्त्री राउतले प्रदेश तथा देशबासीको चाहना पूरा गर्नका लागि थप क्रियाशील भएर सबै तहका सरकारले काम गर्न आवश्यक भएको बताए।

मुख्यमन्त्री राउतले चार दलको गठबन्धनको सरकार भए पनि चार वर्षको अवधिमा प्रदेश सरकारले अरु प्रदेशको तुलनामा धेरै काम गरेको दाबी गरे। उनले यस अवधिमा प्रदेशको नाम र स्थायी राजधानी तय हुनु ठूलो उपलब्धि रहेको बताए।

मुख्यमन्त्री राउतले अहिले पनि शासकीय प्रवृत्तिमा पुरानै सोच भएका कारणले प्रदेश सरकारले गर्न चाहेका काम गर्न नसकेको बताए। आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले झन्डोत्तोलन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved