थापाले पाए राखेपको कार्यकारी अधिकार

जिम्मेवारी पाएपछि थापाले आफूले सदस्यसचिव आएपछि छाड्ने गरी सोसरहको जिम्मेवारी लिएको बताए। थापाले आज पदबहाली गर्दैछन्।

नेपालभ्युज

थापाले पाए राखेपको कार्यकारी अधिकार

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन प्रशासन प्रमुख कुलबहादुर थापाले कार्यकारी अधिकार पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले थापालाई राखेपको कार्यकारी अधिकार दिएको हो।

थापालाई आर्थिक र प्रशासनिक अधिकार दिने गरी मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ। महेश्वर गहतराजले खेलकुद मन्त्रालयको नेतृत्व लिएपछि थापाको प्रशासन प्रमुखबाट सरुवा भएको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार परिवर्तन भएसँगै बनेको नयाँ सरकारले राखेपका सदस्यसचिवको पद रिक्त गराएको थियो।

त्यसपछि राखेपमा सदस्य सचिवको विवाद अदालत प्रवेश गरेको थियो । सदस्य सचिवका विषयमा मुद्दा परेपछि एकपछि अर्को गर्दै राखेपको सम्पूर्ण काम कारबाही प्रभावित बनेको थियो ।

जसका कारण मन्त्री विश्वकर्माले मन्त्रीस्तरीय निर्णय गरेर थापालाई कार्यकारी अधिकार दिएका हुन्।

जिम्मेवारी पाएपछि थापाले आफूले सदस्यसचिव आएपछि छाड्ने गरी सो सरहको जिम्मेवारी लिएको बताए। थापाले आज पदबहाली गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved