मौरिससमाथि नेपालको जित

नेपालभ्युज

मौरिससमाथि नेपालको जित

काठमाडौं। मौरिससको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। दशरथ रंगशालामा आज साँझ सकिएको खेलमा नेपाल १-० गोलअन्तरले विजयी भएको हो। नेपाललाई जित दिलाउन ५४ मिनेटमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो उनले अन्जन विष्टको पासमा सुन्दर गोल गरे।

यसअघि पहिलो हाफमा नेपालले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेको थिएन। मौरिससले पनि पहिलो हाफमा नेपालको भन्दा राम्रो प्रदर्शन गरेको थियो। यद्यपि ऊ पनि गोल गर्न चुकेको थियो। नेपाल र मौरिसस पहिलो पटक भिड्दैछन्। मौरिससले करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय म्याच खेलेको हो।

पहिलो हाफभन्दा धेरै सुधारिएको खेल पस्केको नेपालले मौरिससलाई दोस्रो हाफको उत्तरार्द्धमा दबाबमा राखेको थियो। ७५ औं मिनेटमा नेपालका लागि विष्टको प्रहार पोलमा लागेर फर्किएको थियो। त्यसपछि पनि नेपालले मौरिससको गोलपोस्टमा लगातार प्रहार गरिरह्यो। मौरिससले पनि दोस्रो हाफमा केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेन। मौरिससका प्रहार नेपालका गोलरक्षक किरण लिम्बूले विफल पारिदिएका थिए।

विमलको अन्तर्राष्ट्रिय गोल संख्या ९ पुग्यो

लामो समयपछि नेपाल राष्ट्रिय जर्सीमा देखिएका विमलले आज गोल गर्न सफल भए। यससँगै उनले अन्तर्राष्ट्रिय गोलसंख्या ९ पुर्‍याएका छन्। साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध डेब्यु खेलमै विमलले गोल गर्न सफल भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved