राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनका महिला समूहबाट नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्दिकी विजयी भएका हुन्।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। नेकपा (एमाले)–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रूपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै ल्याउन सकिन्।नेकपा (एमाले)–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रूपाकुमारी यादवले ३ हजार २ सय २८ मतभार मात्रै ल्याउन सकिन्। विनालाई ३ सय ६ मतभार परेको हो।

महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।

यता अन्य समूहबाट जसपाका उम्मेदवार सिद्दिकीले ६ हजार ६ सय ७८ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए।

कडा सुरक्षाबीच भएको मतदानमा ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका थिए। २ जना प्रदेशसभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधिसहित ६ जनाले मतदान गर्न नसकेका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन्।

मधेश प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका थिए। त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved