मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

“म चाहन्छु कि खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलमा खेल्ने बढी अवसर पाउन्। जसले भविष्यको तयारीका लागि हाम्रा खेलाडीलाई बढी अनुभव प्रदान गर्छ,’ अल्मुताइरीले भने, “मैले यी खेलमा नतिजाभन्दा पनि उनीहरुको राम्रो प्रदर्शनको आशा राखेको छु।”

नेपालभ्युज

मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा
KfO

काठमाडौं। अफ्रिकी मुलुक मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमको घोषणा गरको छ।

नेपालले आउँदो शनिबार र मंगलबार मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। दुई खेलका लागि नेपालका प्रशिक्षक अबदुल्ला अल्मुताइरीले दुई टिमको घोषणा गरका छन्।

मौरिससविरुद्धको खेलमा लागि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए। यी सबै खेलाडीको प्रयोग गरेर अल्मुताइरीले दुई टिम बनाएका हुन्।

मौरिसससँगको खेल जित र हारको नतिजाभन्दा पनि नयाँ र युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय खेलमा अनुभव दिनमा केन्द्रित रहने प्रशिक्षक अल्मुताइरीले बताए।

“म चाहन्छु कि खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलमा खेल्ने बढी अवसर पाउन्। जसले भविष्यको तयारीका लागि हाम्रा खेलाडीलाई बढी अनुभव प्रदान गर्छ,’ अल्मुताइरीले भने, “मैले यी खेलमा नतिजाभन्दा पनि उनीहरुको राम्रो प्रदर्शनको आशा राखेको छु।”

दुवै खेल फ्लड लाइटमा खेलाइनेछ भने किक अफ टाइम ४ः४५ रहेको छ।

खेलका लागि एन्फाले सरकारले तोकेबमोजिमका सबै स्वास्थ्य मापदण्ड पूरा गरेर एकतिहाइ दर्शक राख्न पाउने अनुमति पाएको छ। जसअनुसार करीब पाँच हजार दर्शकलाई खेल हेर्न दिइने एन्फाले जनाएको छ।

खेलका लागि भीआईपी प्याराफिट तर्फ एक हजार रुपैयाँ र साधारण तर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकिएको छ। खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोभिड भ्याक्सिनको कार्ड साथमा लिएर जानुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved