स्रोत नखुलेको रकमसहित दुई पक्राउ

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved