बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति

नेपालभ्युज

बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति
सांकेतिक तस्वीर।

काठमाडौं । सर्लाहीको एउटा बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी भएको हो ।

आगलागीबाट ६ लाख रुपैयाँको क्षति भएको छ । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved