पाउण्डको मूल्य घट्दा यूरो बलियो 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा यूरो बलियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्डको मूल्य केही घटेको छ भने यूरोको मूल्य बढेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved