विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने

विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने भएको छ। चीनमा अर्को महिना शुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागिता नहुने पक्का भएको हो।

नेपालभ्युज

विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने

काठमाडौं। विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने भएको छ। चीनमा अर्को महिना शुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागिता नहुने पक्का भएको हो।

छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागिता शून्य हुने भएको हो। नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रमुख कार्यकारी अधिकृत (सिइयो) चतुरानन्द वैद्यले विन्टर ओलम्पिकमा नेपालको सहभागिता नरहने पुष्टि गरे।

विन्टर ओलम्पिक युरोपका देशको चर्को प्रतिस्पर्धा हुने गर्छ। पूर्वाधार र प्रतियोगिताको अभावमा विन्टर प्रतियोगिता नेपालमा खासै हुँदैनन्। गत आइतबारसम्म प्रतियोगितामा खेलाडी दर्ताको समय निर्धारण गरेको थियो । एनओसीले कोटामार्फत खेलाडी सहभागिताको प्रयास गरेको थियो।

यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेइजिङमा सञ्चालन हुँदै छ। चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved