गृहमन्त्रीको चेतावनीपछि युट्युबबाट हटाइँदै सन्नीको ‘नाचे मधुवन में राधिका’

नेपालभ्युज

गृहमन्त्रीको चेतावनीपछि युट्युबबाट हटाइँदै सन्नीको ‘नाचे मधुवन में राधिका’

काठमाडौं। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सन्नी लियोनीको अभिनय रहेको म्युजिक भिडियो ‘मधुवन’ परिवर्तन गर्ने बताएको छ। गत बुधबार सारेगामा म्युजिकको आधिकारिक युट्युब च्यानलबाट प्रकाशित उक्त गीतले भिडिओ अश्लील र आपत्तिजनक भन्दै गृहमन्त्री मिश्रले आइतबार उक्त गीत हटाउन तीन दिने अल्टिमेटम दिएका थिए।

हिन्दूहरूको आस्थामाथि प्रहार गरेको भन्दै उनले अभिनेत्री सन्नी र संगीतकार सकिब तोसीलाई गीत हटाउन चेतावनी दिएका थिए। उक्त चेतावनीपछि सारेगामा कम्पनीले ‘मधुवन’ गीत बुधबारसम्म हटाउने बताएको छ।

भारतीय  पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले सारेगामालाई उद्धृत गर्दै लेखेको छ, ‘हालै आएका प्रतिक्रिया र देशका नागरिकको भावनालाई सम्मान गर्दै हामी मधुवन गीतको नाम र शब्द दुवै परिवर्तन गर्नेछौं।’

सारेगामाले तीन दिनभित्र सबै प्लेटफर्ममा पुरानोको सट्टा गीतको बोल र भिडिओ परिवर्तन गरि नयाँ ल्याउने बताएको छ।

सन् १९६० मा बनेको भारतीय चलचित्र ‘कोहिनुर’को यो गीतलाई संगीतकार तासीले कभर भर्जनमा ल्याएका थिए। शकील बदायुनीले लेखेको यो गीतलाई नौशाद अलीको संगीतमा मोहम्मद रफीले गाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved