भ्वाइस अफ नेपालका फाइनलिस्टले बेलायतबाट थाले वर्ल्ड टुर, नेपाली समुदायले गरे भव्य स्वागत 

नेपालभ्युज

भ्वाइस अफ नेपालका फाइनलिस्टले बेलायतबाट थाले वर्ल्ड टुर, नेपाली समुदायले गरे भव्य स्वागत 

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का चारैजना फाइनलिस्टले पहिलो वर्ल्ड टुर बेलायतबाट थालेका छन् । बेलायती समयानुसार शनिबार बेलुका उनीहरुले एल्डरसटमा सांगीतिक प्रस्तुति दिए ।

सिजन विजेता विनोद राईसहित फाइनलिस्टहरु मकरबहादुर योञ्जन, नोगेन लिम्बू लगायतले प्रस्तुति दिएको आयोजक सुनगाभा इन्टरटेनमेन्टले जनाएको छ । फाइनलिस्टलाई सुन्न एल्डरसटको एम्पायर हल दर्शकले खचाखच रह्यो ।

सबैजना फाइनलिस्टले मञ्चमा उभिएर ‘यो मन त मेरो नेपाली हो’ गीत गाउँदा माहोल देशभक्तिपूर्ण भावनामा उर्लियो ।

बेलायतको नेपाली डायस्पोरा पनि यो कन्सर्टमा झुम्यो । शोको होस्ट सुशील नेपालले गरेका थिए ।

कन्सर्टमा जानुपूर्व कलाकारलाई बेलायतस्थित नेपाली समुदायले भव्य स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved