पोखरामा प्रकाश दुतराजलाई गीत गाउँदागाउँदै स्टेजमै युवतीको ‘किस’ (भिडिओ)

नेपालभ्युज

पोखरामा प्रकाश दुतराजलाई गीत गाउँदागाउँदै स्टेजमै युवतीको ‘किस’ (भिडिओ)

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय गायक हुन्, प्रकाश दूतराज । स्रोता–दर्शकले मात्र होइन, आज साङ्गीतिक क्षेत्रका स्थापित कलाकारहरूले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।

‘चोली मैलो भो’, ‘घर कता हो बैनीको’, ‘देउरालीमा ध्वजा रिमै’, ‘जाम भो माइली’लगायतका गीत उनका सर्वाधिक लोकप्रिय छन् । देश तथा विदेशका स्टेजका उनको माग छ ।

उनै गायक दूतराज केही दिनअघि पोखराको ‘हेम्जा आलु महोत्सव’मा गएका थिए ।

महोत्सवमा गीत गाउँदा गाउँदै उनलाई स्टेजमा आएर केही युवतीले किस गरे । गीत गाइरहँदा ४–५ जना युवती पालैपालो स्टेजमा उक्लेर उनलाई किस गर्दै भागेका थिए । यो भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

कलाकारलाई फ्यानहरू घेर्नु स्वाभाविक हो । फोटो खिचाउनु स्वाभाविक हो । तर, चुम्बन नै गर्ने गरी घेरिए पनि गायक दूतराजले नकारात्मक रूपमा लिएका छैनन् । उनले प्रतिक्रिया दिएका छन्, ‘यो दर्शकहरूको माया हो ।’

स्टेज कार्यक्रममा जाँदा फ्यानहरूको घेराउमा त दूतराज परि नै रहन्थे । तर, यो स्तरको ‘क्रेज’ भने पहिलो पटक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved