ला लिगा : दुई हेभिवेटको भीडन्त, बार्सिलोनाको खेल पनि आजै

नेपालभ्युज

ला लिगा : दुई हेभिवेटको भीडन्त, बार्सिलोनाको खेल पनि आजै

काठमाडौं । स्पेनिस ला लिगामा आज राति दुई हेभिवेट क्लबबीच खेल हुँदै छ।

राति पौने २ बजे हुने खेलमा शीर्ष स्थानमा रहेको रियल मड्रिड र चौथो स्थानमा रहेको एट्लेटिको मड्रिड भिड्ने भएका हुन्। रियलको घरेलु मैदान सान्टियागो बेर्नाउमा खेल हुँदै छ।

एट्लेटिको आइतबार मड्रिड डर्बीमा जित निकाल्दै रियलसँगको १० अंकको दूरी घटाउन चाहन्छ। १५ खेलपछि एट्लेटिकोको २९ अंक छ भने रियलले १६ खेलपछि ३९ अंक बनाएको छ।

आजको खेलमा पनि ब्राजिलियन फरवार्ड भिनिसियस जुनिअरमा सबैको आँखा जानेछ। उनले आज खेलअघि महिनाको उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्दैछन्। मड्रिडलाई तालिकाको शीर्ष स्थानमा पुर्‍याउन ब्राजिलियन खेलाडीको मुख्य भूमिका हुने देखिएको छ।

यदि उनी फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा लिगका शीर्ष दुई गोलकर्ताहरू हुन्।

त्यसैगरी आज राति यस खेलअघि ९ बजे बार्सिलोनाले पनि ओसासुनासँग खेल्दै छ। ओसासुनाको घरेलु भूमिमा बार्सिलोना आज जित निकाल्दै सातौं स्थानमा उक्लिन चाहन्छ। निकै खराब लयबाट गुज्रिरहेको बार्सिलोनाला पछिल्ला पाँच खेलमा मात्र २ जितमा सीमित छ। ऊ शीर्ष स्थानको रियल मड्रिडभन्दा १६ अंकले पछि छ।

प्रशिक्षक जाभीले आफ्नो पहिलो तीन खेलमध्ये दुई जित्दै सकारात्मक शुरुवात दिलाएका थिए। तर क्याटालान खेलाडीहरू गत साता लिगमा रियल बेटिससँग घरेलु मैदानमा १-० ले हारेका थिए। च्याम्पियन्स लिगमा त बार्सिलोना बार्यन म्युनिखसँग ३-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

यता ओसासुना भने १६ खेलबाट ११ औं स्थानमा छ। उसले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved