राष्ट्रिय महिला भलिबल टिमको घोषणा

भलिबल संघले एशियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न जाने १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

नेपाल भ्यूज

राष्ट्रिय महिला भलिबल टिमको घोषणा

काठमाडौं। राष्ट्रि महिला भलिबल टिमको घोषणा भएको छ। नेपाल भलिबल संघले महिला टिमको घोषणा गरेको हो।

संघले एशियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न जाने १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

संघले अरुणा शाहीको कप्तानीमा महिला भलिबल टोलीको घोषणा गरेको हो।

शाही नेतृत्वको टिममा पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्काले स्थान बनाएका छन्। यस्तै, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपा अधिकारी र सलिना श्रेष्ठ पनि टोलीमा रहेका छन् ।

च्यालेन्ज कप बंगलादेशमा आयोजना हुँदैछ । प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved