भारतमा भेटिए ओमिक्रोनका दुई संक्रमित

विदेशबाट आएका दुई जनामा यो भेरिएन्टको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

भारतमा भेटिए ओमिक्रोनका दुई संक्रमित

काठमाडौं। भारतको कर्णाटकमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका दुई संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा यो भेरिएन्टको संक्रमण पहिलोपटक पुष्टि भएको हो। विदेशबाट आएका दुई जना पुरूषमा यो भेरिएन्टको संक्रमण भएको मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक यो भेरिएन्ट पुष्टि भएको थियो।

वैज्ञानिकहरूले यो भेरियन्टलाई महामारी शुरु भएयता भेटिएकामध्ये सबैभन्दा डरलाग्दो बताएका छन्। कोरोना भाइरसको सतहमा प्रोटिनका तीखा चुच्चाहरू छन् जसलाई ‘स्पाइक प्रोटिन’ भनिन्छ। अहिलेसम्म बनाइएका धेरैजसो भ्याक्सिन यही स्पाइक प्रोटिनमा आधारित छन्। तर यो भेरियन्टमा भने स्पाइक प्रोटिनमा ३२ वटा उत्परिवर्तन भएको पाइएको छ।

उत्परिवर्तन भनेको आनुवंशिक गुणमा आउने हठात् परिवर्तन हो। यसमा भएको उत्परिवर्तन डेल्टा भेरियन्टको तुलनामा दोब्बर हो। उत्परिवर्तनले मानव कोषलाई असर गर्ने र फैलिने क्षमता तीव्र बनाउन सक्छ।

यो भेरिएन्ट फेला परेसँगै युरोपेली र पूर्वी एशियाली देशहरूले दक्षिण अफ्रिका लगायतका देशबाट यात्रा प्रतिबन्ध लगाएका थिए

दक्षिण अफ्रिकाले भने नयाँ भेरिएन्ट पत्ता लगाएकोमा आफूलाई सजाय दिइएको गुनासो गरेको थियो

सोही भेरिएन्टलाई ध्यानमा राख्दै १५ मंसीर (हिजो) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काममा बाहेक विदेश भ्रमण नगर्ने आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो।

– भारतीय सञ्चारमाध्यमको सहयोगमा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved