नयाँ भेरिएन्ट पत्ता लगाएकोमा ‘सजाय’ दिएको दक्षिण अफ्रिकाको गुनासो

“यी यात्रा प्रतिबन्धहरू विज्ञानको आधारमा होइन राजनीतिको आधारमा गरिएको छ। किन अफ्रिकाबाट जाने यात्रामात्रै प्रतिबन्ध लगाइएको छ जबकी भाइरस त पहिले नै तीनवटा महादेशमा छन्?”

नेपालभ्युज

नयाँ भेरिएन्ट पत्ता लगाएकोमा ‘सजाय’ दिएको दक्षिण अफ्रिकाको गुनासो

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ पत्ता लगाएकोमा प्रशंसा हुनुको साटो सजाय दिइएको दक्षिण अफ्रिकाले गुनासो गरेको छ।

खासगरी युरोपेली र अन्य देशहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो अभिव्यक्ति दिएको हो।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले २७ नोभेम्बरमा एक विज्ञप्ति जारी गर्दै त्यहाँबाट हुने यात्रा प्रतिबन्धको कडा आलोचना गरेको छ।

“उत्कृष्ट विज्ञानलाई प्रशंसा गर्नुपर्छ, सजाय दिने होइन”, विज्ञप्तिमा भनिएको छ, “यात्रा प्रतिबन्ध दक्षिण अफ्रिकाको परिष्कृत आनुवंशिक अनुसन्धान र नयाँ भेरिएन्ट तुरून्तै पत्ता लगाउने क्षमतालाई सजाय दिए बराबर छ।”

विश्वका अन्य क्षेत्रमा नयाँ भेरिएन्ट देखापर्दा भन्दा बिलकुलै फरक प्रतिक्रिया दिइएको समेत विज्ञप्तिमा उल्लेख छ।

अफ्रिकी युनियनका एकजना अधिकारीले नयाँ भेरिएन्ट विकास हुनुमा विकसित देशहरू दोषी रहेको दाबी गरेका छन्।

“समान, जरूरी र शिघ्र रूपमा भ्याक्सिन वितरण नगर्दाको परिणाम हो यो। उच्च आय भएका देशहरूले भ्याक्सिन कब्जा गर्नुको परिणाम हो यो”, अफ्रिकी युनियनको भ्याक्सिन वितरण गठबन्धनका सह-अध्यक्ष एयोक्दे अलाकिजाले भने, “यी यात्रा प्रतिबन्धहरू विज्ञानको आधारमा होइन राजनीतिको आधारमा गरिएको छ। यो गलत छ…किन अफ्रिकाबाट जाने यात्रामात्रै प्रतिबन्ध लगाइएको छ जबकी भाइरस त पहिले नै तीनवटा महादेशमा छन्?”

शुरूवाती तथ्यहरूले ओमिक्रोनका कारण पुनः संक्रमण हुने जोखिम रहेको बताइरहेछन्।

१० मंसीरमा विश्व स्वास्थ्य संगठनले यो भेरिएन्ट ‘चिन्ताको विषय’ रहेको जनाएको थियो।

युरोपका विभिन्न देशमा यो भेरिएन्टको संक्रमण फेला परेको छ। बेलायतमा दुईजनामा, जर्मनीमा दुई जनामा, बेल्जियम र इटलीमा एक-एकजनामा संक्रमण पुष्टि भएको छ भने चेक गणतन्त्रमा एकजनामा यो भेरिएन्टको संक्रमण भएको आशंका गरिएको छ।

इजरायलले आज मध्यरातबाट सबै विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ। १४ दिनसम्म यो निषेध कायम रहने इजरायलका सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved