ससुरालीमा आत्महत्या, सासू र सालो प्रहरी नियन्त्रणमा

ससुरालीमा आत्महत्या, सासू र सालो प्रहरी नियन्त्रणमा

जनकपुरधाम। धनुषामा आत्महत्या दुरुत्सान मुद्दामा सासू र सालोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिथिला नगरपालिका वडा २ का २६ वर्षीय रामचन्द्र महतोले मिथिला नगरपालिका वडा ५ श्रीपुरस्थित ससुराली घरमा गएराति (सोमबार राति) आत्महत्या गरेका थिए।

ससुराली परिवारका सबै मिलेर अपमान गर्नुका साथै आफूमाथि कुटपिट गरेको उनले सुसाइड नोटमा लेखेका थिए।

घटनापछि सासू सुमित्रादेवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने सुसाइट नोटको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उपचारका लागि लैजाँदै गर्दा महतोको ज्यान गएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। महतोको खल्तीमा सुसाइड नोट फेला परेको पनि उनले पुष्टि गरे।

सुसाइड नोटमा महतोले आफूलाई ससुरालीका सबै मिलेर सोमबार निर्घात कुटपिट गरेकाले आत्महत्या गर्नुपरेको र यसको सम्पूर्ण जिम्मेवार उनीहरू भएको ठहर गरेका छन्।

सुसाइट नोटमा लेखिएको छ- म रामचन्द्र महतो, म आफ्नो पूरै होस हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरू हुनेछन्।

उनले उक्त नोटमा मिति २०७८।७।२९ उल्लेख गरी सोही दिन बेलुका ससुरालीका सबै मिलेर कुटपिट गर्नुका साथै मानसिक यातना दिएको पनि उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्- यसले मेरो मन धेरै मन दुःखेको छ। गाली गरेकोले म आत्महत्या गर्न गइरहेको छु उनले सुसाइड नोटमा हस्ताक्षरसमेत गरेका छन्।

महतोले मिथिला नगरपालिका वडा ५ श्रीपुरमा रहेको ससुराली घरमा झुण्डिएर आत्महत्या गरेका थिए। झुण्डिएको देखेपछि उनको परिवारले उनलाई उपचारका लागि लगे पनि बाटैमा उनको मृत्यु भएको थियो।

प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ। आजै साँझ उनको दाहासंस्कारसमेत भइसकेको छ।

घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको र दोषीमाथि कानूनी कारबाही बढाउन निर्देशन दिइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।

महतोले पाँच वर्षअघि प्रेमविवाह गरेका थिए। उनका दुई छोरा छन्। घरभन्दा केही पर मात्र ससुराली भएकाले उनी प्रायः ससुराली आउजाउ गरिरहने गरेका खुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved