बोक्सी आरोपमा कुटपिट गर्ने एकै परिवारका ४ जना जेल चलान

स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर जेल चलान गर्ने आदेश दिएको हो।

बोक्सी आरोपमा कुटपिट गर्ने एकै परिवारका ४ जना जेल चलान

जनकपुरधाम। महोत्तरीमा बोक्सीको आरोपमा एक महिलालाई कुटपिट गर्दै मलमुत्र खुवाएको आरोपमा पक्राउ परेका दुई महिलासहित चारजना पूर्पक्षका लागि जेल चलान गरिएको छ।

जलेश्वर नगरपालिका ४, सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई निर्घात कुटपिट गरेर मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ।

अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर जेल चलान गर्ने आदेश दिएको हो।

बडादशैँको सप्तमीका दिन असोज २७ गते बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहित परिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए।

सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कुटपिट गर्दै चारपाटे कपाल मुन्डन गरिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालोमोसो दलेर मानव मलमूत्र खुवाएका थिए। सो घटनामा प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved