आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट

रहमान र राशिद चम्कँदा अफगानिस्तानको शानदार जित

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका लागि रहमानले ५ विकेट लिए। राशिद खानले थप ४ विकेट लिएपछि अफगानिस्तानले प्रतियोगितामा शानदार जित निकालेको हो।

नेपालभ्युज

रहमान र राशिद चम्कँदा अफगानिस्तानको शानदार जित

काठमाडौं। राशिद खान र मुजिब उर रहमानले शानदार प्रदर्शन गरेपछि अफगानिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी शुरुआत गरेको छ।

अफगानिस्तानले सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १३० रनले पराजित गर्दै शानदार शुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङमा आएको अफगानिस्तानले १९० रन बनाएको थियो।

उसका लागि नाजिबुल्लाह जद्रानले ५९, रामाउल्लाह गुर्बाजले ४६ तथा हज्रतुल्लाह जजईले ४४ रन बनाए। यस्तै, मोहम्मद शहजादले २२ रन बनाए। स्कटल्याण्डका सफ्यान सरिफले २ विकेट लिए।

१९१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्ड १० ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रनमा समेटियो। उसका लागि जर्ज मुन्सेले २५ तथा क्रिस ग्रेभेसले १२ र काइले कोटजरले १० रन बनाए।

यता स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका लागि रहमानले ५ विकेट लिए। राशिद खानले थप ४ विकेट लिएपछि अफगानिस्तानले प्रतियोगितामा शानदार जित निकालेको हो।

जितसँगै पहिलो खेलबाट २ अंक जोडेको अफगानिस्तान समूह २ को शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानमा भारतलाई ऐतिहासिक हार चखाएको पाकिस्तान रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved