हल खुले, छैनन् नेपाली चलचित्र (फोटो फिचर)

अरु बेला दशैंमा चलचित्र रिलिजको मौका छोप्ने चलचित्रकर्मीहरू अहिले नै चलचित्र प्रदर्शनको जोखिम मोल्न भने तयार देखिएनन्।

हल खुले, छैनन् नेपाली चलचित्र (फोटो फिचर)

काठमाडौं। कोभिड महामारीका कारण लामो समयदेखि बन्द फिल्महल बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्। हल खुलेपनि अरु बेला दशैंमा चलचित्र रिलिजको मौका छोप्ने चलचित्रकर्मीहरू अहिले नै चलचित्र प्रदर्शनको जोखिम मोल्न भने तयार देखिएनन्।

लामो समयपछि हल खुलेकोमा आज हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ को प्रदर्शन गरिएको छ तर दर्शकको उपस्थिति भने न्यून छ।

कोभिडले प्रर्याप्त चलचित्र निर्माण नभएको तथा निर्माण भएकै चलचित्र पनि प्रदर्शन गर्न चलचित्रकर्मीहरू नभएपछि चलचित्र विकास बोर्डले राहत र सहुलियत प्रदान गर्दैछ। बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ विकास बोर्डले नै व्यहोर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved