विश्वकप छनोट

स्पेन २८ वर्षपछि पहिलो पटक पराजित

नेपालभ्युज

स्पेन २८ वर्षपछि पहिलो पटक पराजित

एजेन्सी। स्पेन विश्वकप फुटबल छनोट खेलमा २८ वर्षपछि पहिलोपटक पराजित भएको छ।

युरोपियन छनोटको समूह बीको खेलमा स्पेनलाई स्विडेनले २-१ गोलअन्तरले पराजित गर्‍याे।

पछिल्लो पटक सन् १९९३ मा विश्वकप छनोट खेलमा पराजित स्पेनको यो हारसँगै ६६ खेलको अपराजित यात्रा टुङ्गियो।

पूर्व विश्वविजेता स्पेनले चौंथो मिनेटमा नै सोलेरको गोलमार्फत अग्रता बनाएको थियो। तर, कमब्याक गरेको स्विडेनले पाँचौँ र ५७ औं मिनेटमा गोल गर्दै खेल जित्यो।

यो जितपछि स्विडेन समूह बीको अंकतालिकामा तीन खेलबाट नौ अंकसहित पहिलो र स्पेन सात अंकसहित दास्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved