बंगलादेशविरुद्ध नेपालको सहज जित, अन्जनको ह्याट्रिक

नेपालभ्युज

 बंगलादेशविरुद्ध नेपालको सहज जित, अन्जनको ह्याट्रिक

काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरे । उनले १८, २६ र ३८ औँ मिनेटमा गोल गरेका थिए । बङ्गलादेशको लागि टुतुल हुसेन बादशाले ५४ औँ मिनेटमा एक गोल फर्काए  ।

पहिलो हाफमा तीन गोल गरे पनि नेपालले दोस्रो हाफमा थप्न सकेन ।

ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् । सेसहाङ आङ्देम्वेको स्थानमा ऋतिक र विमल घर्ती मगरको स्थानमा आशिष मैदान प्रवेश गरेका थिए । यो कार्यकारी प्रशिक्षक प्रदिप हुमागाईंको पहिलो राष्ट्रिय खेल थियो । 

तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छाडेपछि हुमागाईले टिम सम्हालेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved