कपिलवस्तु। नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन्।
मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा एमसीसी सहमति भएको र सरकारले गरेका काम भएकाले मात्र आफूहरूले अगाडि बढाएको उनको दाबी थियो।
एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रहसमेत उनले गरे। आगामी निर्वाचन जित्न कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत उनले निर्देशन दिए।
एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको उनले जिकिर गरे। कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरिधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे।
Facebook Comment
Comment