सुर्खेतका दुई नाकामा‘होल्डिङ सेन्टर’

नेपालभ्युज

सुर्खेतका दुई नाकामा‘होल्डिङ सेन्टर’
फाइल तस्वीर

सुर्खेत। कोभिड– १९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन्।

होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए।

उनले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताए। कोभिड १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ।

बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो। प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सिमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीयतह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण थालिएको बताए।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved