कोशी : सङ्कल्प प्रस्ताव पारित, मत विभाजन प्रक्रियामा जान एमाले-माओवादीको माग 

नेपालभ्युज

कोशी : सङ्कल्प प्रस्ताव पारित, मत विभाजन प्रक्रियामा जान एमाले-माओवादीको माग 

विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले दर्ता गराएको सङ्कल्प प्रस्ताव पारित भएको छ ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन फेरेपछि बहुमत गुमाएका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान कसेपछि बहुमत सांसदहरूले सङ्कल्प प्रस्ताव दर्ता गराएका थिए ।

उक्त प्रस्ताव शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । प्रस्तावमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ ।

आफ्नो प्रस्ताव पारित भएसँगै एमाले-माओवादी केन्द्रका सांसदहरूले मत विभाजन प्रक्रियामा जान माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved