आईएमई लाइफ इन्स्योरेन्सका सेयर धनीले ३४.५० प्रतिशत लाभांश पाउने

नेपालभ्युज

आईएमई लाइफ इन्स्योरेन्सका सेयर धनीले ३४.५० प्रतिशत लाभांश पाउने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

यो लाभांश आगामी साधारण सभाबाट पारित भए पश्चात् सर्वसाधारणले पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved