गाजा नरसंहारको विरोध गर्दै कोलम्बियाले तोड्यो इजरायलसँग कूटनीतिक सम्बन्ध

नेपालभ्युज

गाजा नरसंहारको विरोध गर्दै कोलम्बियाले तोड्यो इजरायलसँग कूटनीतिक सम्बन्ध

काठमाडौं । कोलम्बियाले इजरायलसँग कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।

गाजामा गरेको नरसंहारको विरोध गर्दै कोलम्बियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध अन्त्य गरेको हो ।

रूसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति गेस्ताबो पेत्रोले बिहीबारबाट कूटनीतिक सम्बन्ध अन्त्य हुने बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत मार्चमा एक संकल्प प्रस्ताव पारित गरेर गाजामा युद्धविराम गर्न आदेश दिए पनि कार्यन्वयन नगरेको बताउँदै यस्तो कदम चालिएको पेत्रोले जानकारी दिए ।

प्यालेस्टाइन मर्नु भनेको मानवता मर्नु भएको पेत्रोको भनाई छ ।

यता, इजरायली विदेशमन्त्री इजरायल काज्‌ले पेत्रोको निर्णयको आलोचना गर्दै आक्रोश पोखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved