नेपालले एकै ओभरमा गुमायो २ विकेट, कुशल मल्ल पनि आउट

नेपालभ्युज

नेपालले एकै ओभरमा गुमायो २ विकेट, कुशल मल्ल पनि आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल ४ रनमा आउट भएका हुन्।

उनलाई फाबियन आलेनले आउट गरे। यसअघि उनले चौथो ओभरको पहिलो बलमा कुशल भूर्तेललाई आउट गरेका थिए। आसिफ शेख भने डगआउट भए।

नेपालले ५ ओभरमा ३ विकेटको क्षतिमा ३१ रन बनाएको छ। २१० रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved