अन्तत: एमालेले स्वीकार्‍यो सोडारी, मुख्यमन्त्रीमा दाबी पेस गर्दै

नेपालभ्युज

अन्तत: एमालेले स्वीकार्‍यो सोडारी, मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं । अन्तत: नेकपा (एमाले) ले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई स्वीकारेको छ । सोडारी नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता हुन् ।

यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीका रूपमा स्वीकार्न नसक्ने बताएको थियो । तर, गठबन्धन जोगाउन आफूहरू लचक भएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

यससँगै सोडारीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेका छन् । यसअनुरूप समयसीमाभित्रै दाबी पेश गरिने एकीकृत समाजवादीका सांसद प्रकाश रावलले बताए ।

सोडारीलाई उनको दल एकीकृत समाजवादीसहित एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक स्वतन्त्र सांसदको समर्थन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved