सुदूरपश्चिमकी नवनियुक्त मन्त्री थापाले लिइन् शपथ

नेपालभ्युज

सुदूरपश्चिमकी नवनियुक्त मन्त्री थापाले लिइन् शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त मन्त्री टीका थापाले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

मंगलबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए ।

वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए ।

फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved