कोलकाताका कप्तान श्रेयस ऐरलाई १२ लाख जरिवाना

नेपालभ्युज

कोलकाताका कप्तान श्रेयस ऐरलाई १२ लाख जरिवाना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई १२ लाख भारू जरिवाना लगाइएको छ ।

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण ऐरलाई कारबाही गरिएको हो ।

जुन खेलमा कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण यसअघि दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् ।

कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved