एसीसी प्रिमियर कप : नेपाल आज साउदी अरेबियासँग खेल्दै

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपाल आज साउदी अरेबियासँग खेल्दै
Rohit Kumar Paudel (C) of Nepal and Dipendra Singh Airee of Nepal during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल आज साउदी अरेबियासँग भिड्दैछ ।
खेल मध्यान्न पौने १२ बजे अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।
साउदी अरेबिया ३ खेलमा २ मा हार बेहोरेको  छ ।  २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

यसअघिको खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

नेपालले टी–२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ ।

आज मलेसिया र हङकङबीच पनि खेल हुँदैछ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी–२० एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved