राष्ट्रिय टी–२० क्रिकेटको उद्घाटन खेलमा मधेसले बागमतीलाई हरायो

नेपालभ्युज

राष्ट्रिय टी–२० क्रिकेटको उद्घाटन खेलमा मधेसले बागमतीलाई हरायो

काठमाडौं। राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले बागमती प्रदेशलाई हराएको छ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा मधेसले बागमतीलाई ६ विकेटले पराजित गरेको हो।

बागमतीले दिएको १४२ रनको लक्ष्य मधेसले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। मधेसको जितमा साहिल पटेलले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाए। मयन यादवले २३ रन बनाउँदा रोहन बिकले भने ३२ रन बनाए।

बागमतीका लागि सुवास खत्री, गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीका लागि शुभ कंसाकारले ४३ र आशुतोष घिरैयाले ३७ रन बनाए। मधेसका लागि रुपेश सिंह, विशाल पटेल, अभिषेक तिवारीले २–२ तथा रञ्जित कुमार र प्रदिप पास्वानले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved