सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

नेपालभ्युज

सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठूलीभेरी नगरपालिका-३ दुनैमा खेलकुद मैदान निर्माणको लागि प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा आचार्यसहित सव-इन्जिनियर मोती प्रसाद बुढा, कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीलाई प्रतिवादी बनाइएको छ ।

फिल्डमा भएको कामभन्दा ९ लाख ९३ हजार ९४० रुपैयाँ बढीको बिल भरपाई बनाई अनियमितता गरेको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved