आईपीएलमा हैदराबादको अहिले सम्मकै उच्च स्कोर, तोड्यो आफ्नै कीर्तिमान

नेपालभ्युज

आईपीएलमा हैदराबादको अहिले सम्मकै उच्च स्कोर, तोड्यो आफ्नै कीर्तिमान

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा अहिले सम्मकै सबैभन्दा ठुलो योगफल बनाएको छ।

चिन्नास्वामी स्टेडियम बेंगलुरुमा जारी खेलमा मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै हैदाराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको हो।

हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो । यो आईपीएल इतिहासकै उच्च योगफल हो ।

हैदराबादका लागि विष्फोटक ब्याटिङ गर्दै ट्रविस हेडले शतकीय पारी खेले। हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रन प्रहार गरे । हेनरिक क्लासेनले भने ३१ बलमा २ चौका ७ छक्का प्रहार गर्दै ६७ रन बनाए।

बेंगलुरुका लोकी फर्गुसनले २ विकेट लिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved