सरकार विस्तार गर्न मुख्यमन्त्री कँडेललाई सकस, भेटे प्रचण्ड र ओलीलाई

सरकार विस्तार गर्न मुख्यमन्त्री कँडेललाई सकस, भेटे प्रचण्ड र ओलीलाई

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल काठमाडौंमा भेटघाटमा व्यस्त रहेका छन् ।

मुख्यमन्त्री कँडेल सरकार विस्तार तथा विकास निर्माणमा विषयमा छलफल गर्न उच्चस्तरका नेताहरूसँग भेटघाटमा व्यस्त भएका हुन् ।

मुख्यमन्त्रीको शपथ खाएपछि सरकार विस्तार गर्न कठिन भएको बेला कँडेलले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बिहान भेटघाट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित उनकै कार्यकक्ष भेटघाट गरेका हुन् । त्यसक्रममा प्रचण्डले कँडेललाई बधाई तथा शुभकामना दिए ।

साथै, भेटमा सरकार विस्तार र आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा छलफल भएको मुख्यमन्त्री कँडेलको सचिवालय जनाएको छ ।

साथै, कँडेलले एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा भेटघाट गरेका छन् ।

भेटमा ओलीले कर्णालीले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा महत्वपूर्ण मार्ग निर्देशन दिएको कँडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved