एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहितको प्यानलै विजयी

एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहितको प्यानलै विजयी

सुर्खेत । नेकपा (एमाले) हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहित प्यानलै विजयी भएको छ । अध्यक्षसहित पदाधिकारीका लागि आइतबार भएको निर्वाचनमा बुमीसहितको प्यानलै निर्वाचित भएको हो ।

अध्यक्षमा बुमीका निकटतम् प्रतिद्वन्द्वी डबल रावतलाई पराजय गरेका थिए । अध्यक्षमा बुमीसहित उनको प्यानलका प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved