जुम्लामा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु

नेपालभ्युज

जुम्लामा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत । जुम्लामा बाख्रा चराउन गएकी एक  बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

सिंजा गाउँपालिका– ३ छ्यानीगाडा निवासी १२ बर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

गाउँदेखि १५ मिनेटको दुरीमा पर्ने पेटा ढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको हो ।

साथै करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीया हरिकृष्ण गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाइते गिरीलाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved